सामाजिक कार्यमा वाईसीएल नेपाल भक्तपुरले सक्रियता बदाउंदै

भक्तपुर । वाईसीएल नेपाल भक्तपुर नगरपालिका नगर कमिटीको आयोजनामा बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका थिए भने सभापतित्व वाईसीएल भक्तपुर नगर कमिटीका अध्यक्ष विकास लाखेले गरेका गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा),भक्तपुर जिल्ला इन्चार्ज दिलीप कुमार प्रजापति, पूर्व सांसद प्रतिमा श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, उमा कपाली लगायतका नेताहरू अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै वाईसीएल नेपालका सचिव तथा बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान), सचिव दिनेश थपलिया (आक्रोश), केन्द्रिय सदस्य भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जित,सामाजिक ब्यक्तित्वहरु,पत्रकारहरु लगायतको पनि बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा समाज डेन्टल हस्पिटल राधे राधे / कौशलटार उप शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी नवदुर्गा उपशाखाले सहकार्य गरेको थियो।

कार्यक्रममा ५० जनाले रक्तदान गरे भने दन्त शिविरमा २ वर्षका बालबालिकादेखि ९८ वर्षसम्मका वृद्धवृद्धा गरी ५१७ जनाले सेवा लिएका थिए।

उक्त शिविरले स्थानीय जनसमुदायलाई ठूलो राहत र स्वास्थ्य लाभ प्रदान गरेको जानकारी वाइसीएल नेपाल केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जितले बताएको छ।

Comments (0)
Add Comment