काठमाडौं – ज्योति फिल्म्स म्युजिक अवार्डको सातौँ संस्करण यस वर्ष नेपालमै भव्य रूपमा सम्पन्न भएको छ। यसअघि पाँचौँ र छैठौँ संस्करण दुबईमा आयोजना गरिएको अवार्ड कार्यक्रम यसपटक काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको हो।
रोयल मुभिज प्रा.लि.को आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा २९ भन्दा बढी विधामा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिएका छन्। विगतमा अवार्ड विदेशमा आयोजना गरिएकोप्रति आएका गुनासो र कलाकारहरूको आग्रहका कारण यस वर्ष नेपालमै आयोजना गरिएको श्रेष्ठले बताए।
वरिष्ठ नृत्य निर्देशक भाइराम श्रेष्ठको सभापतित्व तथा वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, वरिष्ठ कलाकार तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन परम्परागत पञ्चेबाजा बजाएर गरिएको थियो। कार्यक्रममा वरिष्ठ गायक रेश्म थापालाई नगद २२,२२२ रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। साथै पत्रकार, कला, जुरी तथा अन्
विभिन्न सम्मानसमेत प्रदान गरियो।
लोक दोहोरी, आधुनिक, काठे, पूर्वेली, राष्ट्रिय भाव, चार्डपर्व, पपुलर लगायत विधामा उत्कृष्ट कलाकारहरू सम्मानित भए। वर्षकै सर्वोत्कृष्ट भिडियो मोडेल पुरुषतर्फ सागर लम्साल (बले) र विभिन्न जुरी अवार्डसहित थुप्रै नवप्रतिभा र स्थापित कलाकारहरू पुरस्कृत भएका छन्।
आयोजकका अनुसार अवार्ड कार्यक्रमले नेपाली गीत–संगीतको प्रवर्द्धनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।