पत्रकार प्रकाश बराईली अभिव्यक्ति को निर्देशनमा ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार पछिल्लो समय झन् सक्रिय र समृद्ध बन्दै गएको छ। एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका बेला यसैक्रममा मर्मस्पर्शी गीत “राती भेट्न सपनीमा आउछु” सार्वजनिक गरिएको छ।

प्रेमी–प्रेमिकाबीच दिनको समयमा समाजका कारण भेट हुन नसक्ने अवस्था र उनीहरूबीच सपनामा हुने भेटघाटको भावनात्मक कथालाई गीतले प्रस्तुत गरेको छ। उक्त गीतमा भिम बहादुर पौडेल र रमिला बिश्वकर्मा को स्वर रहेको छ भने शब्द पत्रकार प्रकाश बराईली (अभिव्यक्ति )का हुन्। गीतमा संगीत गायक तथा संगीतकार रमेश बिक्रम रत्न ले दिएका छन्।

गीतको एरेञ्ज राकेश शोनी ले गरेका हुन् भने मिक्सिङ मनोज डंगोल ले गरेका छन्। भिडियो निर्देशन, छायांकन तथा सम्पादन समेत पत्रकार प्रकाश बराईली (अभिव्यक्ति) कै रहेको छ।
भिडियोमा सुजन सुर्खेती, आशा बिश्वकर्मा, शिव पराजुली र शंकर बराल को अभिनय देख्न सकिन्छ।

उक्त गीत प्रकाश बराईली अभिव्यक्ति को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस :

Comments (0)
Add Comment