काठमाडौं — नव वर्ष २०८३ को अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ। यसैबीच पर्वतका गायक सुजन बराईली ले आफ्नो नयाँ मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक गरेका छन्।
गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्ती को सुमधुर स्वर सुन्न सकिन्छ। शब्द सिर्जना प्रल्हाद सुबेदी को रहेको छ भने संगीत स्वयं बराईलीकै रहेको छ। गीतको एरेञ्ज रमेश सञ्चुरी ले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाईली ले सम्हालेका छन्।
पर्वतको मल्लाज क्षेत्रमा छायांकन गरिएको भिडियोमा कुमार केसी को निर्देशन र अमृत चापागाई को सम्पादन रहेको छ। भिडियोमा स्वयं गायक बराईलीसहित यशु भट्टराई, रियोश बराईली र करुणा नेपाली लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
उक्त गीत YouTube मा गायक बराईलीकै आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।