ललितपुर, भदौ १६ । दिवंगत बेेखा बहादुर महर्जनको स्मृतिमा ‘बेेखा बहादुर महर्जन स्मृति र्यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता’ ललितपुरमा हुने भएको छ ।
फिडे इभेन्ट कोड नं. ४३७९४८ अन्तर्गत हुने प्रतियोगिता आगामी २०७९ असोज २ र ३ गते (सेप्टेम्बर १८ र १९, २०२५) मा ललितपुर–२९ हरिसिद्धि फ्यामिली रिसोर्टमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता स्विस प्रणाली अनुसार ९ राउन्डमा खेलाइनेछ । प्रत्येक खेलमा १० मिनेट प्लस १० सेकेन्ड समय नियंत्रण रहनेछ । टाइ–ब्रेकका लागि प्रत्यक्ष भेट, बुचहोल्ज, बुचहोल्ज कट २ र बढी जितको आधार प्रयोग गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट १९ खेलाडीलाई गरी कुल नगद रु. १ लाख ११ हजार पुरस्कार वितरण गरिनेछ ।
• खुला वर्गमा पहिलो हुनेले रु. २०,०००,
• दोस्रो हुनेले रु. १५,०००,
• तेस्रो हुनेले रु. १०,०००
• चौथो हुनेले रु. ८,०००
• पाँचौं हुनेले रु. ६,००० पाउनेछन् भने
• छैटौं देखि दशौं स्थानसम्मका खेलाडीलाई जनही रु. ५,००० दिइनेछ ।
त्यस्तै, विभिन्न कोटिमा पनि उत्कृष्ट खेलाडीलाई पुरस्कार राखिएको छ ।
• उत्कृष्ट ललितपुर : रु. ४,०००
• उत्कृष्ट स्थानीय : रु. ३,०००
• उत्कृष्ट भेट्रान (५५ वर्षमाथि) : रु. ३,०००
• उत्कृष्ट अनरेटेड र महिला : रु. ३,०००–३,०००
• उत्कृष्ट १८०० मुनि र १७०० मुनि : रु. ३,०००–३,०००
• उत्कृष्ट यू–१६ / यू–१४ : रु. २,५००–२,५००
प्रवेश शुल्क स्थानीय, महिला तथा यू–१६ खेलाडीका लागि रु. ५०० र अन्य खेलाडीका लागि रु. १,००० तोकिएको छ । आवेदन दिने अन्तिम मिति २०७९ भदौ ३१ गते, मंगलबार हो ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि श्याम शरण महर्जन (९८५११७६५३३) र मुख्य निर्णायक ग्यानेन्द्र खैजु (९८४१४३२९४२) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।