नव बिहानि तेक्वान्दो डोजाङ्को १०औं वार्षिकोत्सव तथा ग्रेडिङ कार्यक्रम भव्य रूपमा सम्पन्न

इमाडोल, ललितपुर। नव बिहानि तेक्वान्दो डोजाङ्कले आफ्नो १०औं वार्षिकोत्सव तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित इमाडोलमा आयोजित उक्त कार्यक्रम ऊर्जा, उत्साह र सांस्कृतिक रङले भरिएको थियो।

कार्यक्रमको अध्यक्षता डोजाङको प्रमुख प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरका अध्यक्ष बिमल कुमार आछामीले गर्नुभएको थियो। उहाँले विगत १० वर्षदेखि बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासमा संस्थाले पुर्‍याएको योगदानबारे मन्तव्य व्यक्त गर्दै भावुक अभिव्यक्ति दिनुभयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष श्री छिरिङ लामाले खेलकुदले अनुशासन, राष्ट्रभक्ति र सामाजिक रूपान्तरणमा योगदान दिने बताउँदै नव बिहानि तेक्वान्दो डोजाङको कार्यको प्रशंसा गर्नुभयो। उहाँलाई आयोजक समितिले विशेष सम्मान सहित सम्मानित गरेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पिस पोइन्ट एकेडेमीका प्रिन्सिपल सम्भु अधिकारी, लोक स्मृति सेकेन्डरी स्कूलका प्रिन्सिपल रामबाबु चौधरी, इमाडोल युनिटी क्लबका अध्यक्ष गोपाल श्रेष्ठ, वडा सदस्यहरू दाताराम कार्की, ज्ञानु खड्का, शान्ति मिजार बिशुन्खे, साथै राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरका उपाध्यक्ष सरोज घलान,अर्का उपाध्यक्ष तारा तिवारी, सचिव मणिकुमार थाम्सुहाङ, कोषाध्यक्ष मन्दिरा अधिकारी, स्टार आर्ट नेपालका संस्थापक आईते तामाङ,सामाजिक ब्यक्तित्वहरु,पत्रकारहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूलाई पनि आयोजक पक्षले सम्मान स्वरूप सम्मानपत्र प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रतियोगितात्मक तेक्वान्दो प्रदर्शन आयोजना गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका पुरस्कारसहित ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। यसैगरी, वर्षभरिका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने १६ जना खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। विजेता खेलाडीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले एकैपटक पुरस्कार वितरण गर्दा उपस्थित अभिभावक र दर्शकहरूले तालिमय स्वागत गरेका थिए।

कार्यक्रममा बालबालिकादेखि युवा खेलाडीहरू सम्मिलित सांस्कृतिक कार्यक्रम—गीत, नृत्य तथा अभिनय—ले विशेष आकर्षण थपेको थियो। तेक्वान्दो डेमोस्ट्रेशन तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले सम्पूर्ण अतिथि, अभिभावक, सहभागी खेलाडीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा तेक्वान्दो गतिविधिलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

Comments (0)
Add Comment