भक्तपुर,गठ्ठाघर – नेपाल प्रहरीले ट्राफिक नियम कडाइकाे साथ लागू गर्दै आईरहेकाे छ जस्तै चर्काे ध्वनि निकाल्ने ,तिब्र गतिमा चलाउने , सवारीसाधनकाे नम्बर प्लेट प्रस्ट नदेखिए नागरिकलाई सडकमै रोक्दै चिट थमाउने गर्छन । तर, मंगलबार भक्तपुरको गठ्ठाघर प्रहरी पोस्टअगाडि रोकेको सेतो नम्बर प्लेट भएको सरकारी मोटरसाइकलमा नम्बर प्रस्ट देखिँदैनथ्यो। नजिकैबाट ध्यान दिएर हेर्दा पनि नम्बर नचिनिने अवस्थामा थियो। के सेताे नम्बर प्लेट का सवारीसाधनलाई कानुन नलाग्ने हाे ? के यी सवारी साधनले दुर्घटना गराउदैनन भन्ने हाे सामान्यतया नम्बर प्लेट पहिचानका लागि , सुरक्षा र अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन सजिलो का लागि राखिन्छ।
प्रश्न उठ्छ – कानुन सबैका लागि समान हो कि आम नागरिकलाई मात्र लागू गरिन्छ? नागरिकका सवारी साधनमा मात्र कडाइ गर्ने, तर सरकारी सवारीसाधनलाई छुट दिने प्रवृत्तिले ट्राफिक व्यवस्थापनको निष्पक्षता माथि प्रश्न उठाएको छ।
आम नागरिकहरूले यस्ता दोहोरो मापदण्डप्रति असन्तुष्टि जनाएका छन्। “हाम्रो बाइकको नम्बर थोरै धमिलो भयो भने पनि कारबाही, तर सरकारि सवारीसाधनमा कानुन लागू नहुने?” एक मोटरसाइकल चालकले आक्रोश पोखे।
सम्बन्धित निकायले यसबारे गम्भीर भएर मातहतका कर्मचारी लाई सचेत तथा जवाफदेही वनाउन जरुरि छ , कानुनलाई नागरिकमाथि मात्र थोपर्ने नीति अपनाउने? यो प्रश्न आम नागरिकले गरिरहेका छन ।