बक्सिगंका अन्तराष्ट्रिय निर्णायक मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित ।
काठ्माण्डौ । बक्सिगं खेलका अन्तराष्ट्रिय निर्णायक धनकुमार मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित भएका छन् । मैनाली लामो समय देखी बक्सिगंको निर्णायकको भुमिकामा सक्रिय रहदै आएका छन् ।
राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित मैनाली ब्यवसायीक रुपमा सन् २०१३ अप्रिल २३ मा भक्तपुर जिल्ला बक्सिगं संघले आयोजना गरेको राष्ट्रिय बक्सिगं रेफ्रि/जज सर्टिफिकेशन कोर्ष पुरा गर्दै राष्ट्रिय निर्णायकको भुमिकामा निरन्तर कार्यरत छन्। मैनालीले २०१९ मा IBA वान स्टार रेफ्री/जज पास गर्दै अन्तराष्ट्रिय निर्णायतको लाईसन्स प्राप्त गरेका थिए । लगतै नेपालमा आयोजित १३ औ साग गेम्समा बक्सिगंको रेफ्रि/जजको भुमिका पुरा गरे, २०२१ मा थाईल्याण्डले आयोजना गरेको अन्तराष्ट्रिय बक्सिगं च्याम्पियनशिप २०२१ मा निर्णायकको भुमिका पुरा गरे, २०२२ मा बैकंकमा आयोजिज यु-२२ ASBC एशियन च्याम्पियनशिपमा आयोजित IBA २ स्टार रेफ्रि/जज शर्टिफिकेशन कोर्ष पुरा गर्दै नेपालकै पहिलो एकमात्र २ स्टार रेफ्रि/जज बन्न सफल भएका थिए । त्यसपछि उनले ब्राजिल, इन्डिया, भुटान, दुबई, उज्बेकिस्तान, बुल्गेरीया, थाईल्यान्ड जस्ता देशहरुमा आयोजित अन्तराष्ट्रिय बक्सिगं प्रतियोगितामा कुशलता पुर्वक निर्णायकको भुमिका पुरा गरेका थिए । मैनालीले २०२४ मा काजकिस्तानमा आयोजिज यू-२२ बक्सिगं च्याम्पियनशिपमा ३ स्टार रेफ्रि/जज शर्टिफिकेशन कोक्ष पुरा गर्दै नेपालकै पहिलो ३ स्टार रेफ्रि/जज बन्न सफल भएका थिए । त्यसपछि मन्टेनिग्रो को बुड्वा शहरमा आयोजित IBA युथ विश्व बक्सिगं च्याम्पियनशिपमा निर्णायकको भुमिका पुरा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मानबाट एक कार्यक्रमबीच मन्त्रालयको सभा हलमा सम्मानित भएका हुन् । सोही अवसरमा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट खेलकुद पत्रकारलाई पनि सम्मान गरिएको थियो ।सो अवसरमा राखेपका कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।