राष्ट्रिय तेक्वान्दो संघ नेपाल बागमति प्रदेशको छैटौ राष्ट्रिय रेफ्रि रिफ्रेसर कोर्स सम्पन्न

2

काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ-नेपालको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ -बागमती प्रदेशको समन्वयमा छैंटौं राष्ट्रिय तेक्वान्दो ग्यरोगी रेफ्री सेमिनार साथै चौंथो राष्ट्रिय तेक्वान्दो पुम्से सेमिनार तथा रेफ्री रिफ्रेसर कोर्ष सम्पन्न भएको छ।

काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट १०० जना प्रशिक्षकहरूको उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम माघ ४ देखी ५ गते सम्म काठमाडौँको दशरथ रंगशालामा सम्पन्न भएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान उपाध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ -बागमती प्रदेशका अध्यक्ष इश्वर सापकोटाले कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएको थियो भने राष्ट्रिय तेक्वान्दो संघ -नेपालका केन्द्रीय अध्यक्ष महेश्वर फुयाँल, उपाध्यक्ष राजकुमार कार्की,धुर्व गुरुङ्ग,नेपाल विध्यालय खेलकुद महासंघका संस्थापक अध्यक्ष प्रदिप जोशी विशिष्ट अतिथी, महासचिव राकेश कुमार राई, कोषाध्यक्ष पदम बहादुर राना, सचिवद्वय संजय लाल श्रेष्ठ, सुवास तामाङ, केन्द्रीय सदस्य गौतम मान महर्जन,राम सुनुवार, नेपाली तेक्वान्दोका संस्थापक प्रशिक्षक शेर बहादुर थापा, सिनियर प्रशिक्षक सोभितमान गिरी,राजु पाण्डे, राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति काठमाडौं अध्यक्ष सन्तोष महर्जन, भक्तपुर अध्यक्ष सुन्दर सुवाल, ललितपुर अध्यक्ष विमल कुमार अछामी,रौतहट अध्यक्ष जितन एस्माली तथा धनुषा अध्यक्ष गौरव कुमार झा लगायत अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताहरूले राष्ट्रिय तेक्वान्दो संघ -नेपालले तेक्वान्दोका विकृति चिर्दै आगाडी बढ्दै आइरहेको र आगामी दिनहरूमा पनि झनै सशक्त रूपमा यस्ता विकृति विसङ्गतिहरूलाई चिर्दै नेपाली तेक्वान्दो जगतलाई स्वच्छ बनाउन अगाडी बढी रहने बताउनुभयो। सोही कार्यक्रमको समापन समारोहमा सहभागी प्रशिक्षकहरूले यस्ता कार्यक्रमले गर्दा खेलकुद विकास तथा प्रशिक्षणमा ताजगी प्राप्त गर्ने साथै यस्तो तालिममा सैद्धान्तिक साथै व्यवहारीक ज्ञान प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे। सहभागीहरू मध्यबाटै कतिपय प्रशिक्षकहरूले पहिले पनि अन्य संघहरूबाट यस्ता तालिम प्राप्त गरे पनि यसरी सैद्धान्तिक तथा व्यवहारिक तालिम पहिलो पटक पाएको र यसबाट अझै सिक्न पाएको बताएका थिए।

कार्यक्रमको समापन राष्ट्रिय तेक्वान्दो संघ -नेपालका केन्द्रीय अध्यक्ष महेश्वर फुयाँलको प्रमुख आतिथ्यतामा सहभागी प्रशिक्षकहरूलाई प्रमाण पत्र वितरण गरी भएको थियो। सो तालिमको मुख्य प्रशिक्षक संघका केन्द्रीय महासचिव तथा अन्तराष्ट्रिय मास्टर राकेश कुमार राई हुनुहुन्थ्यो भने कार्यक्रम संचालन गणेश तामाङले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.