विवादित व्यक्तिलाई गृहमन्त्री बनाउँदा कस्तो सुशासन आउँछ नेपालमा – रावल

26

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् ।
शनिवार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा विपरीत सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरू एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताए ।
उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त विपरीत अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे ।रावलले विपरीत सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहीँ पनि नदेखिएको उल्लेख गरे । निजी विद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे । पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका विषयहरू उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.