सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछु -अध्यक्ष घिमिरे
ललितपुर/ २७ माघ, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्ने बताउनुभएको छ।
वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जति विकास गरेपछि मानव संशाधनका साथै भाषा, कला र साहित्यको विकास नभएसम्म विकासले सार्थकता पाउँदैन भन्दै भौतिक विकास साथसाथै भाषा, कला, संस्कृति, भेषभुषा र साहित्य र,सभ्यताको विकासमा क्रियाशील हुने बताउनुभयो ।
“मलाई तामाङ समुदायको ल्होछार अत्यन्तै रमाइलो लाग्छ,तामाङ समुदायले मलाई माया गरेको छ, म मेरो अन्तिम सास रहेसम्म तामाङ समुदायको कला, भाषा, संस्कृतिको संरक्षण गर्नमा लागि रहने छु ।” अध्यक्ष घिमिरेले भन्नुभयो ।
अध्यक्ष घिमिरेले देशकै उत्कृष्ट वडा बनाउने अभियान अन्तर्गत लागि परेको बताउँदै निर्वाचनमा आफूले प्रतिवद्धता गरेका भौतिक विकासका पचासी प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
“ल्होछार मनाउँदै गर्दा तामाङ जातिको संस्कृतिलाई संरक्षण गर्ने मुख्य लक्ष्य मैले लिएको छु, हामीले हाम्रो हक अधिकार लिनेदिन काममा लाग्नुपर्छ, तपाईंहरुको हक अधिकारका लागि क्रियाशील हुँदै आएको छु ।” उहाँले भन्नुभयो ।