प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत ‘उनिको स्विटर’ सार्वजनिक

1

काठमाडौं । नेपाली सांगीतिक क्षेत्र पछिल्लो समयमा निकै सक्रिय बन्दै गएको छ। एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत “उनिको स्विटर” सार्वजनिक गरिएको छ।

यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर समावेश छ। गीतका शब्द पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार रमेश बिक्रम रत्न ले भरेका छन्। गीतको एरेञ्ज रमेश सेञ्चुरी ले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन्।

गीतको भिडियो पनि कलाकारिक रूपमा उल्लेख्य बनाइएको छ। निर्देशन, छायांकन तथा सम्पादन स्वयं प्रकाश बराईली ‘अभिव्यक्ति’कै रहेको छ। भिडियोको रंग संयोजन रबिन बिकले गरेका छन्।

सार्वजनिक भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिव पराजुली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
उनिको स्विटर” शीर्षकको गीत पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.