सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा तथा ११ औं डिप्लोमा कोर्ष सम्पन्न

1

काठमाडौं, वैशाख १६ – नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रमको समापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा राखेप कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, महासंघका महासचिव नवराज ढुंगाना लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

देशभरबाट आएका खेलाडी र प्रशिक्षकहरूले कोर्षमार्फत प्रशिक्षण र परीक्षा दिएर आफ्नो दक्षता अभिवृद्धि गरेका छन्। साथै, कोर्षमा चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान छ्वानले पनि विशेष प्रशिक्षणसमेत प्रदान गरिएको थियो। आयोजकका अनुसार उक्त कार्यक्रमले नेपाली उसुको गुणस्तर वृद्धि, क्षमता विकास र अन्तर्राष्ट्रिय स्तरको तयारीमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

महासंघले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै उसु खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.