नक्साल डोजोमा विशेष कराँते प्रशिक्षण सम्पन्न

31

काठमाडौं, असार २३ सोमवार – नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालमा विशेष कराते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कतारका वरिष्ठ प्रशिक्षक क्योसी मिर्जा ग्रान्जफर अलि वेगको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको हो।

प्रशिक्षण कार्यक्रममा करिब ३ दर्जन खेलाडीहरू सहभागी भएका थिए। प्रशिक्षक वेगले खेलाडीहरूलाई आधुनिक कराते प्रविधि, अनुशासन र आत्मरक्षा सम्बन्धी विविध सीपहरू प्रदान गरेका थिए। कार्यक्रमले खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

नक्साल डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गीको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो। साथै, स-प्रशिक्षक पुनम श्रेष्ठ खपाङ्गी, बुद्धिमान माझी, प्रज्ञा खपाङ्गी, सुदीप वलामी, डोजोका पदाधिकारी, प्रशिक्षक, खेलाडीहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

उक्त प्रशिक्षणले अन्तर्राष्ट्रिय स्तरका सीप सिक्न पाउँदा खेलाडीहरू उत्साहित भएका छन्। डोजो नक्सालले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.