नक्साल डोजोमा गुरु पूजा सम्पन्न
काठमाडौ,साउन २७ शुक्रवार / नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा गुरु सम्मान दिवश अर्थात गुरु पुर्णिमाको अवशरमा यस बर्षको गुरुपुजा सम्पन्न भयो । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका सम्पूर्ण खेलाडीहरुले गुरु पूर्णिमा-२०८२ को शुभ अवशरमा गुरुलाई शुभकामना सहित सम्मान गरी धुम-धाम पूर्वक गुरु पूजा मनायो । नेपाल स्वयम्-सेबक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवम् नेपाल सितोरियो कराते संघका प्रवक्ता तथा शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक,अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ लाई डोजो द्धारा उत्पादित सिनियर राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु,
स-प्रशिक्षकहरु राष्ट्रीय निर्णायकहरु,पदाधिकारी,लगायतले गुरु प्रति सम्मान सदभावले फूल,माला,खादा अबिर लगाई फलफुल तथा मिठाई ख्वाएर सम्मानका साथ गुरु पुजा मनायो ।
प्रशिक्षक एबम अध्यक्ष खपाङ्गीले ह्याप्पी गुरु-पुर्णिमा लेखिएको केक काटी गुरुपुजाको आरम्भ गरेका थिए । बिगत २६ बर्ष देखि अर्थात २०५६ सालमा स्थापित यस डोजोमा दैनिक रुपमा करिव एकसय जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन । प्रत्येक बर्ष लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आईरहेको यस शाखा डोजोले हाल सम्म २६ वटा प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । नेपाली करातेको ईतिहासमै सबैभन्दा बढी प्रतियोगिता आयोजना गर्ने मुलुकको प्रख्यात डोजो/ क्लवको रुपमा परिचित यस डोजोले गत जेठ २ देखि ५ सम्म ऐतिहाशिक ११ ओै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना गरेका थियो । दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी लगायत हजारौ खेलाडीहरु उत्पादन गरिसकेको यस डोजोले हालसम्म २ वटा काठमाण्डौ जिल्ला-व्यापी,६ वटा उपत्यका-ब्यापी,६ वटा बागमतीअन्चल-व्यापी,१ वटा अन्तरडोजो राष्ट्रव्यापी र ११ वटा सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना गरिसकेकाछन ।
यस डोजोले राष्ट्रिय प्रतियोगितामा मात्र नभई अन्तराष्ट्रिय जगतमामा पनि आफ्नो सहभागी जनाई राष्ट्रको नाम कराते खेलको माध्यमवाट संसारभर चिनाउने कार्यमा निरन्तर लागिरहेको छ । डोजोले गतसाता मात्र कतारका क्योसी मिर्जा ग्रान्सफर अलिवेगको उपस्थितिमा विशेष प्राविधिक प्रशिक्षणको आयोजना गरेको थियो ।प्रत्येक बर्ष आफ्नो बार्षिक क्यालेन्डर अनुरुप बिभिन्न सामाजिक कार्यमा सहभागी तथा प्रतियोगिताहरु आयोजना गर्दै आईरहेको यस शाखा डोजो नक्सालको यो समग्रमा २६ औं गुरु पूजा हो ।