अखिल नेपाल महासंघ ललितपुर द्वारा‘बेेखा बहादुर महर्जन स्मृति र्‍यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता गर्ने’

4

ललितपुर, भदौ १६ । दिवंगत बेेखा बहादुर महर्जनको स्मृतिमा ‘बेेखा बहादुर महर्जन स्मृति र्‍यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता’ ललितपुरमा हुने भएको छ ।

फिडे इभेन्ट कोड नं. ४३७९४८  अन्तर्गत हुने प्रतियोगिता आगामी २०७९ असोज २ र ३ गते (सेप्टेम्बर १८ र १९, २०२५) मा ललितपुर–२९ हरिसिद्धि फ्यामिली रिसोर्टमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता स्विस प्रणाली अनुसार ९ राउन्डमा खेलाइनेछ । प्रत्येक खेलमा १० मिनेट प्लस १० सेकेन्ड समय नियंत्रण रहनेछ । टाइ–ब्रेकका लागि प्रत्यक्ष भेट, बुचहोल्ज, बुचहोल्ज कट २ र बढी जितको आधार प्रयोग गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट १९ खेलाडीलाई गरी कुल नगद रु. १ लाख ११ हजार पुरस्कार वितरण गरिनेछ ।

• खुला वर्गमा पहिलो हुनेले रु. २०,०००,

• दोस्रो हुनेले रु. १५,०००,

• तेस्रो हुनेले रु. १०,०००

• चौथो हुनेले रु. ८,०००

• पाँचौं हुनेले रु. ६,००० पाउनेछन् भने

• छैटौं देखि दशौं स्थानसम्मका खेलाडीलाई जनही रु. ५,००० दिइनेछ ।

त्यस्तै, विभिन्न कोटिमा पनि उत्कृष्ट खेलाडीलाई पुरस्कार राखिएको छ ।

• उत्कृष्ट ललितपुर : रु. ४,०००

• उत्कृष्ट स्थानीय : रु. ३,०००

• उत्कृष्ट भेट्रान (५५ वर्षमाथि) : रु. ३,०००

• उत्कृष्ट अनरेटेड र महिला : रु. ३,०००–३,०००

• उत्कृष्ट १८०० मुनि र १७०० मुनि : रु. ३,०००–३,०००

• उत्कृष्ट यू–१६ / यू–१४ : रु. २,५००–२,५००

प्रवेश शुल्क स्थानीय, महिला तथा यू–१६ खेलाडीका लागि रु. ५०० र अन्य खेलाडीका लागि रु. १,००० तोकिएको छ । आवेदन दिने अन्तिम मिति २०७९ भदौ ३१ गते, मंगलबार हो ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि श्याम शरण महर्जन (९८५११७६५३३) र मुख्य निर्णायक ग्यानेन्द्र खैजु (९८४१४३२९४२) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.