Category: Uncategorized

  • ‘उड्ने जहाजमा’ भाग २ सार्वजनिक, रोहन रसाइलीले फेरि सुनाए परदेशीको कथा

    ‘उड्ने जहाजमा’ भाग २ सार्वजनिक, रोहन रसाइलीले फेरि सुनाए परदेशीको कथा


    काठमाडौं । गायक रोहन रसाइलीको चर्चित गीत ‘उड्ने जहाजमा’ को दोस्रो श्रृंखला सार्वजनिक भएको छ । परदेशीको दुःखी जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको पहिलो भागको अपार सफलतापछि यसलाई परदेशी जीवनको भाग २ का रूपमा बजारमा ल्याइएको हो

    पहिलो गीतबाट सुरु भएको सृंखलाबद्ध कथालाई निरन्तरता दिँदै नयाँ गीतले बदलिँदो देशको परिस्थिती, रोजगारीको अभावले परदेशिन बाध्य आम नेपालीको जीवन संघर्षलाई उजागर गरेको छ । दुःख, पीडा र विछोडका बीच पनि सुन्दर भविष्यको आशा बोकेर बाँच्नुपर्ने भाव गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

    केही दिनको छुट्टीमा घर फर्किएर परिवारसँग बिताएका रमाइला क्षण र फेरि फर्किनुपर्ने पीडासँगै परदेशीको अदृश्य आशालाई पनि गीतले समेटेको छ । शंकर बराइलीको शब्द तथा लय रहेको गीतमा देबेश राईले संगीत संयोजन गरेका छन् । लोकप्रिय गायिका करुणा राई र रोहन रसाइलीको स्वर रहेको यो गीत त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ–माष्टरिङ राजकुमार बगरले गरेका छन् ।

    गीतको म्युजिक भिडियो पनि उत्तिकै प्रभावशाली बनेको छ । एयरपोर्टदेखि घरसम्म र प्रवासका जीवन्त कथालाई समेटिएको भिडियो समिर थोकरको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायक रोहन रसाइली, गायिका करुणा राई र शोभा रसाइलीको अभिनय देख्न सकिन्छ ।
    विक्रम गौतमको श्रृंगार, कमानसिं राईको म्यानेजमेन्ट तथा रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोको सम्पादन विरबहादुर थारुले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो करुणा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    भिडियो लिन्क:

  • मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न

    मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न

    ललितपुर, । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।


    ललितपुर जिल्लाका क्रियाशील पत्रकार तथा पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सञ्चारको महत्व, समाचार सम्प्रेषणका माध्यम तथा सामाजिक सञ्जालमा फैलिने सूचनाप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । उनले सामाजिक सञ्जालमा प्राप्त सबै सूचना सत्य नहुने भन्दै तथ्यपरक र यथार्थ सूचना प्रवाहमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए ।


    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले प्रविधिको तीव्र विकाससँगै सत्य र असत्य सूचना छुट्याउन सक्ने क्षमता अपरिहार्य भएको उल्लेख गर्दै मिडिया साक्षरता हरेक नागरिकका लागि आवश्यक रहेको धारणा व्यक्त गरे । महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले मिडिया साक्षरता स्रोताको शैक्षिक स्तर र बुझाइसँग सम्बन्धित हुने भन्दै मिडियाले समाजमा पार्ने प्रभावप्रति जिम्मेवार हुनुपर्ने बताए ।


    कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, फोटो पत्रकार विकास कार्की र पत्रकार जीवन भण्डारीले पत्रकारिताको आधारभूत अवधारणा, फोटो प्रयोग तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयमा प्रशिक्षण दिएका थिए ।

  • प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत ‘उनिको स्विटर’ सार्वजनिक

    प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत ‘उनिको स्विटर’ सार्वजनिक

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्र पछिल्लो समयमा निकै सक्रिय बन्दै गएको छ। एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत “उनिको स्विटर” सार्वजनिक गरिएको छ।

    यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर समावेश छ। गीतका शब्द पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार रमेश बिक्रम रत्न ले भरेका छन्। गीतको एरेञ्ज रमेश सेञ्चुरी ले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन्।

    गीतको भिडियो पनि कलाकारिक रूपमा उल्लेख्य बनाइएको छ। निर्देशन, छायांकन तथा सम्पादन स्वयं प्रकाश बराईली ‘अभिव्यक्ति’कै रहेको छ। भिडियोको रंग संयोजन रबिन बिकले गरेका छन्।

    सार्वजनिक भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिव पराजुली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
    उनिको स्विटर” शीर्षकको गीत पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    भिडियो हेर्न तलको लिंक क्लिक गर्न सकिन्छ।

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!