माया र मानवीय सम्बन्धको कथा बोल्छ ‘जगतमा के भयो’

1

काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।

देश–विदेशमा बढ्दो अशान्ति र सामाजिक विखण्डनको सन्दर्भलाई उठान गरिएको गीतले समसामयिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ। “जगतमा के भयो, रगतमा हेर्नु” जस्ता भावपूर्ण शब्दहरू समेटिएको गीतले मानव सम्बन्ध, माया र आत्मीयता रगतमा मिसिएको भावलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। सरल तर प्रभावशाली शब्द संयोजनले श्रोता–दर्शकको मन छोने विश्वास गरिएको छ।

ओलीकै निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मिन प्रकाश ओली र प्रतिक्षा पुरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका छन्।
उक्त गीतको भिडियो जानकी म्युजिकमार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिन्क :

Leave A Reply

Your email address will not be published.