काठमाडौं । गायक रोहन रसाइलीको चर्चित गीत ‘उड्ने जहाजमा’ को दोस्रो श्रृंखला सार्वजनिक भएको छ । परदेशीको दुःखी जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको पहिलो भागको अपार सफलतापछि यसलाई परदेशी जीवनको भाग २ का रूपमा बजारमा ल्याइएको हो
पहिलो गीतबाट सुरु भएको सृंखलाबद्ध कथालाई निरन्तरता दिँदै नयाँ गीतले बदलिँदो देशको परिस्थिती, रोजगारीको अभावले परदेशिन बाध्य आम नेपालीको जीवन संघर्षलाई उजागर गरेको छ । दुःख, पीडा र विछोडका बीच पनि सुन्दर भविष्यको आशा बोकेर बाँच्नुपर्ने भाव गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
केही दिनको छुट्टीमा घर फर्किएर परिवारसँग बिताएका रमाइला क्षण र फेरि फर्किनुपर्ने पीडासँगै परदेशीको अदृश्य आशालाई पनि गीतले समेटेको छ । शंकर बराइलीको शब्द तथा लय रहेको गीतमा देबेश राईले संगीत संयोजन गरेका छन् । लोकप्रिय गायिका करुणा राई र रोहन रसाइलीको स्वर रहेको यो गीत त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ–माष्टरिङ राजकुमार बगरले गरेका छन् ।
गीतको म्युजिक भिडियो पनि उत्तिकै प्रभावशाली बनेको छ । एयरपोर्टदेखि घरसम्म र प्रवासका जीवन्त कथालाई समेटिएको भिडियो समिर थोकरको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायक रोहन रसाइली, गायिका करुणा राई र शोभा रसाइलीको अभिनय देख्न सकिन्छ ।
विक्रम गौतमको श्रृंगार, कमानसिं राईको म्यानेजमेन्ट तथा रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोको सम्पादन विरबहादुर थारुले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो करुणा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो लिन्क:

Leave a Reply